धादिङबेशी । धादिङ जिल्ला सहकारी संघ लि.को अध्यक्षमा रंगनाथ थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न सघको अधिबेशनबाट थपलिया सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन ।
संघको बरिष्ठ उपाध्यक्षमा कमल राज कडेल, महिला उपाध्यक्षमा संगिता कडेल (दिपा) सचिवमा गोपाल गुरुङ र कोषाध्यक्षमा राम आले मगर सर्वसहमत चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा गायत्री खतिवडा,शिव बहादुर भण्डारी, हरि घिमिरे, पदमराज अधिकारी, एकराज पाण्डे,शेषकान्त कडेल, कृष्ण बहादुर पोखरेल, प्रमिला पण्डित र ओम बहादुर पाठक चयन भएका छन् । अधिबेशनबाट ईश्वरी अर्यालको संयोजकत्वमा शोभा दुवाडी र कृष्ण कुमार भट्ट सदस्य रहने गरि लेखा सुपरिवेक्षण समिति समेत सर्वसहमत चयन गरेको छ ।
धादिङ जिल्ला सहकारी संघको २४ औँ बार्षिक साधारण सभा तथा अधिबेशन संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष एव राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका केहि तस्विरहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |