धादिङ,९ मंसिर।
धादिङबेशीमा जारी पालिका स्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला भलिबल संघ धादिङले स्व. मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको यस प्रतियोगितामा पुरुषतर्फ खनियावास गाउँपालिकाको सिङ्गङ एकता समाज प्रथम भएको छ ।
आइतबार सदरमुकाम धादिङबेशीस्थित खेलमैदानमा भएको फाइनल खेलमा सिङ्गङ एकता समाजले रुवीभ्याली गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । खेलको सेट स्कोर क्रमशः २५–२०, २५–२१, र २५–२० रहेको थियो।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गरेको सिङ्गङ एकता समाजले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त ग¥यो। दोस्रो स्थानमा रहेको रुवीभ्याली गाउँपालिकाले नगद ५५ हजार ५५५ रुपैयाँ, र सेमिफाइनल पुगेका सिद्धलेक र गंगाजमुना गाउँपालिकाले २०/२० रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाए।
पुरुष तर्फ सर्वोउत्कृष्ट खेलाडी योहाङ तामाङ सिङ्गङ, उत्कृष्ट स्पाईकर प्रकाश तामाङ रुवी भ्याली, उत्कृष्ट मिडिल ब्लगर सुज तामाङ सिङ्गङ, उत्कृष्ट सेटर उपेन्द्र तामाङ रुवी भ्याली, उत्कृष्ट डिफेन्डर कोबहादुर तामाङ रुवी भ्याली, उत्कष्ट सर्भर दिलिप तामाङ सिङ्गङ, उत्कृष्ट कोच जसबहादुर तामाङ सिङ्गङ एकता समाजबाट रहेका छन् ।
महिलातर्फ, शनिबार सम्पन्न फाइनल खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेक गाउँपालिकालाई पराजित गर्दै उपाधि जित्यो। पहिलो स्थानमा रहेको नीलकण्ठले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त ग¥यो। दोस्रो स्थानमा रहेको सिद्धलेकले नगद ३० हजार ३३० रुपैयाँ र सेमिफाइनल पुगेका ज्वालामुखी र बेनिघाट रोराङ गाउँपालिकाले १५/१५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाए।
महिला तर्फ उत्कृष्ट सेटर जमुना गुरुङ नीलकण्ठ, उत्कृष्ट स्पाईकर रेविका तामाङ सिद्धलेक, उत्कृष्ट लिब्रो रोजिना बराम नीलकण्ठ, सर्वोउत्कृष्ट खेलाडी वाल्मीकी आचार्य नीलकण्ठ, उत्कष्ट सर्भर प्रतिक्षा थापामगर सिद्धलेक, उत्कृष्ट कोच चेतलाल तामाङ नीलकण्ठबाट रहेका छन् ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ११ टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाएका थिए। जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले यस प्रतियोगिताबाट महिला तथा पुरुष दुवै तर्फका उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला स्तरिय टिम निर्माण गरिने जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |