धादिङ,०४ मंसिर ।
धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै छ । यो मेलामा भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ सहभागी हुने गर्छन्।
हरेक वर्ष झैं यस पटक पनि मंसिर ४ गते, मंगलबार चौथीका दिन ठूलो जात्रा लाग्ने तयारी भइरहेको छ। मेलाको अवसरमा फूलको डोली लगाउने, रातभर जाग्राम बस्ने र रमाइलो गर्ने परम्परा रहेको छ। मेलामा मण्डलीदेवी र मण्डलेश्वर महादेवको पूजा गरी आशीर्वाद माग्ने चलन छ।
स्थानीयका अनुसार, रामकोटमा दुई मण्डलीदेवी (जेठी र माइली) रहेको र कान्छी बहिनी भने “यहाँ बस्दिन“ भन्दै ढोला मण्डलीमा पुगेको किम्वदन्ती रहेको छ।
रामकोट दरबारले पनि आफ्नो ऐतिहासिक महत्त्व राख्छ। भग्नावशेषहरू आज पनि भेटिन्छन्।
चौथीको दिन पूजापाठ र पञ्चमीमा बलि चढाउने प्रचलन छ, जसले भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास छ। देवीको पूजा मगर समुदायले गर्ने चलन छ भने मण्डलेश्वर महादेवको पूजा ब्राह्मणहरूले गर्ने परम्परा रहेको छ।
विशेष रूपमा, देवीको पूजा १२ वर्षभन्दा कम उमेरका अविवाहित मगर बालकले गर्ने प्रचलन छ। मेलालाई आकर्षक बनाउन लोप हुँदै गएको रोटे पिङ समेत राखिएको छ । डाँडामा रहेको मन्दिरबाट सुन्दर दृश्यावलोकन गर्न सकिने र पूजापाठ गरी आशिष प्राप्त हुने विश्वासले भक्तजनहरूको भिड लाग्ने गर्छ।
यस क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले वडा कार्यालयबाट पहल भइरहेको जानकारी दिनुभयो। ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यस स्थानको संरक्षणमा स्थानीय तह सक्रिय रहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |