धादिङ,११ कात्तिक ।
धादिङको सिद्धलेक गाउँपालिका स्थित बुङचुङमा भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख ५० हजार रकम संकलन भएको छ । शनिबार सम्पन्न भएको महायज्ञमा २९ लाख ५० हजार रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभयो ।
विश्व भागवत धाम कोष, नेपाल उक्तम फाउण्डेशनको आयोजनामा सिद्धलेकको वडा नं १, ४ र ५ को संगमस्थल बुङचुङ बजारमा गत शुक्रबारदेखि सुरु भएको महायज्ञ हिजो शनिबार सम्पन्न भएको हो । शनिबार अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण, दाता सम्मान गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महायज्ञको समापन गर्नुभएको थियो ।
गाउँपालिकाका वडा नं–६ स्थित परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार र सहयोगार्थ आयोजना गरिएको जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्तरगत पहिलो अनुष्ठान बुङचुङमा भएको हो । अब बाँकी पालिकामा क्रमश हुँदै जाने भट्ट बताउनुभयो ।
राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै सिद्धलेक गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृउद्धारार्थ कामनाको हेतुले परेवाटारमा धाम बन्दै गरेकोले जिल्ला व्यापी अनुष्ठान आयोजना गरिने बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |