धादिङबेशी । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो।
सूचनामा नारायणगढ-मुग्लिङ नागढुङ्गा सडक खण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरूलाई सो सडक खण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ।
साथै चितवन प्रशासनले शुक्रवार काठमाडौँतर्फ जान हिँडेका सवारी साधनहरू मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरूमा धैर्य धारण गरी बसिदिनु साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय धादिङले पनि आज एक सुचना प्रकाशन गर्दै पृथ्वीलोकमार्ग लगाएतका क्षेत्रमा जोखिम बढि भएकोले सकभर यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत सिताराम थापा द्धारा जारी गरिएको सुचनामा पृथ्वीलोकमार्ग लगायत अन्य स्थानमा यात्रा गरेका यात्रुहरु बाटोमा रोकिएको कारण सो स्थानमा निजलाई खाना नास्ता र पानीमा अधिक मुल्य नलिन ब्यववसायीहरुलाई आग्रह गरिएको छ ।
नीलकण्ठ नगरपालिका विपद्को समयमा तपशिलको नम्बरमा सम्पर्क गर्न आह्वान गरको छ ।
नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ: ९८५११००१४९
निमित्त फोकल पर्सन रोशन कोईराला : ९८४०००७२१६
नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने :९८४०३१२०३०
स्थानिय आपतकालिक कार्य संचालन केन्द्र :९८४१५३५५४१,०१०५२०५६८
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र :०१०५२१४६४
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |