धादिङबेशी । वल्डलिङ्क गजुरी शाखा द्धारा वृद्धाआश्रमलाई सहयोग गरिएको छ । गजुरी गाउँपालिका वडा न २ मलेखुमा रहेको भद्रकाली गुरुकुल वृद्धाआश्रममा रहेका बा आमाको लागी खाद्यान्न सहयोग गरिएको हो ।
आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा आश्रममा रहेका बृद्ध बा आमालाई चामाल, नुन,तेल लगाएतका खाद्यान्न र फलफुल लगाएतको सामाग्री हस्तान्तरण गरिएको हो ।
आश्रममा हाल १२ जना वृद्ध,वृद्धा बा आमा बसोबास गरिरहनु भएको छ । सहयोग सामाग्री वल्डलिङ्क गजुरी शाखाका प्रमुख इशाहक पुडासैनीले हस्तान्तरण गर्नु भएको थियो । वल्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तरर्गत बिभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |