धादिङबेशी । धादिङबेशीबासीले खाँदै आएको खानेपानीको मुहानमै पानी धमिलो आएको छ । बिगत ५ दिन देखि धारामा धमिलो पानी आउन थालेपछि बिहिबार बिहान नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजककुमार श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रको अनुगमन गर्दा मुहानबाटै धमिलो पानी आएको पाईएको हो ।
बिहिबार बिहान मुहान भन्दा ५०० मिटर माथि सम्म पुग्दापनि पहिरो समेत नगएको देखिएकोले पानी के कारणले धमिलो आएको हो पत्ता लगाउन गाह्रो भएको छ । उक्त क्षेत्रको खोलानालामा पानी सङ्ग्लो आएको तर मुहानमा अझै पनि पानी धमिलो नै आईरहेको अनुगमनमा संग्लन वडा अध्यक्ष राजुकमार श्रेष्ठले धादिङ संचार डट.कम .लाई बताउनु भयो ।
बजारबासीले खानेपानी पिउनमा समस्या भएको भन्दै ब्यापक गुनासो गरेपछि वडा अध्यक्ष श्रेष्ठले खानेपानीका कर्मचारी लिएका एकाबिहानै अनुगमनमा गएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |