धादिङबेशी । अनेरास्ववियु (क्रान्तिकारी) गजुरी गाउँपालिकाको अध्यक्षमा सुमन लो तामाङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
सम्मेलनले तामाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा रश्मी तामाङ, बिशाल रुपाखेती, शेर बहादुर बिक, प्रमिला अधिकारी, सचिवमा शिव पाण्डे, सह–सचिवमा बिश्वास बिक, अनुष्का तामाङ, सन्देश खड्का, वसन्त अधिकारी र कोषाध्यक्षमा मिलना अधिकारी रहेका छन् ।
सम्मेलन नेकपा माओवादी केन्द्र गजुरीका ईन्चार्ज धुव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नव निर्वाचित अध्यक्ष सुमन लो तामाङले आफ्नो कार्यकालमा बिद्यार्थीहरुको हकहितमा निमित्त सदैव प्रतिवद्ध भएर कार्यसम्पादन गर्ने बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |