धादिङ,२७ साउन ।
धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलमा दुई दिने विद्यालय स्तरिय आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । युवा रेडक्रस सोसाईटि न्यु किबो बोर्डिङ स्कुलको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक तथा प्रशिक्षक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत २४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई आपत विपतपरेको बेला पहिलो प्राथमिक उपचार कसरी गर्ने भन्ने शिक्षा दिनको लागि उक्त तालिमको आयोजना गरिएको विद्याालयका प्रिन्सिपल प्रयास रेग्मीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले यस तालिमले विद्यार्थीहरुको जिवनमा आईपर्ने विभिन्न किसिमका विडम्बना युक्त परिस्थतीहरुलाई सामना गर्न सक्ने आत्मविश्वास प्राप्त भएको बताउनुभयो । किबो बोर्डिङ स्कुले विविध कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई धेरै व्यवहारिक ज्ञान समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
त्यसैगरि दुई दिन सम्म विद्यार्थीहरुलाई प्रशिक्षण गराउनुभएका प्रशिक्षक प्रकाश आचार्यले तालिमको समापन भएतापनि विद्यार्थीहरुको जिवनमा नयाँ आयामको सुरुवात भएको बताउनुभयो । विद्यालय वा समाजमा त्यस्ता दुखद घटना आईपरेको बेला विद्यार्थीहरुले आफुले सिकेको सिपलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
शुक्रबारबाट सुरु भएको कार्यक्रममा प्री– प्राइमरी अन्तर्गत नागपञ्चमीको अवसरमा नागको चित्र बनाएर बुक फ्रि फ्राईडे मनाईएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।
कक्षा १ देखी ९ का विद्यार्थीहरुले चित्रकला र कक्षा ६ देखि ९ का २४ जना विधार्थीहरुले जिल्ला रेडक्रस धादिङको समन्वयमा २ दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । यसैगरी कक्षा १० बिद्यार्थीहरुले अङ्ग्रेजी बुकको एचभउबचष्लन च्भअष्उभ को थिममा आधारित रहेर गाजरको हलुवा बनाएर मनाईएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |