शिक्षक नारायण खत्री (नयन) ज्यूसंग हाम्रा संवाददाता बिनोद तमुले गर्नुभएको भलाकुसारीको सम्पादित अंश
१. हिजोआज कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले ठ्याक्कै चाहिँ प्रदीप रोदनको गजल संग्रह मफलर र डग लेमोभको टिच लाइक अ च्याम्पियन पढ्दैछु । पेशाको रुपमा शिक्षक भएको नाताले कक्षाकोठालाई कसरी जीवन्त बनाउन सकिन्छ भन्नका लागि विभिन्न पुस्तकको खोजीको क्रममा लेमोभको यो पुस्तक फेला पारेर पढ्न सुरु गरेको हुँ । यस पुस्तकलाई दुई भागमा विभाजन गरी कक्षाकोठामा उत्कृष्ट ढंगले कसरी शिक्षण गर्न सकिन्छ भनेर ४९ वटा टेक्निकहरुको बारेमा जानकारी गराइएको छ । यता वर्तमान नेपाली गजल क्षेत्रमा बादशाह भनेर चिनिएका प्रीय मित्र प्रदीपजीको गजल संग्रहमा उत्कृष्ट १०८ वटा गजलहरु छन्, जुन म दोहो¥याइ तेहे¥याइ पढिरहेको हुन्छु ।
२. कस्ता पुस्तकहरु पढ्न मन पराउनु हुन्छ ?
म खास यहि पुस्तक भन्ने त छैन । तर मेरा किताबका ¥याकहरु हेर्ने हो भने धेरैजसो आख्यान कै पुस्तकहरुले भरिएका छन् । त्यसैगरी शिक्षण प्रविधिसँग जोडिएका, नयाँ नयाँ शिक्षण सम्बन्धि पुस्तकहरु र शिक्षासँग सम्बन्धित पुस्तकहरु पनि सकेसम्म खोजेर पढ्ने गरेको छु । यसका साथै बेलाबेलामा साथीहरुको सिफारिसमा पनि कुनै पुस्तकहरु खोजेर पढेको छु ।
३. पढ्ने पुस्तकहरु कसरी छान्नुहुन्छ ?
यसमा चाहिँ म प्राय साथीहरुले सिफारिस गर्नुभएको पुस्तकहरु, बजारमा अलि बढी चर्चा चलेका, पत्र पत्रिकाहरुमा छापिएका समिक्षाहरुका आधारमा पुस्तकको छनौट गर्दछु । यसका साथै पुस्तकका कुनै अंश कतै इन्टरनेट तिर पढियो र मन प¥यो भने उक्त पुस्तक मेरो छनौटमा परिहाल्छन् । यसका साथै कहिलेकाहिँ कुनै किताब साथीसँग या पुस्तकालयमा गएर पढियो र मलाई मन प¥यो भने उक्त किताब मलाइ किनेर ल्याइहाल्न मन लाग्छ । अरुको मागेर पढेका किताबमा धित नै नमरेजस्तो लाग्छ ।
४. किनेर पढ्न नभ्याएको पुस्तक ?
थुप्रै छन् । जस्तो कि चक्रव्युहमा चन्द्र सूर्य पुस्तक किनेर ल्याएको थुप्रै भैसक्यो, तर अहिले सम्म २÷४ पेज भन्दा अगाडी बढ्न सकेको छैन । त्यतिबेला (किन्दाखेरी) अलि बढी चर्चा भएको र नेपाली राजनीतिमा पनि अलि चासो राखिएका कारण पुस्तक त किनियो तर पछि खै के कसो मेसो मिलेन पढ्नै भ्याएको छ । त्यस्तै ८/१० किताबहरु मैले किनेर पनि पढेको छैन । ¥याक मै थन्किएका छन्, अब बिस्तारै पढ्नुपर्ला ।
५. पुस्तक कुन समयमा पढ्नुहुन्छ ?
पुस्तक पढ्ने भनेकै अलि फुर्सदको समयमा नै हो । व्यस्तताका बिचमा पुस्तक सर्सती हेरेपनि गहन अध्ययनका लागि चाहिँ फुर्सद नै चाहिन्छ । विशेष गरी कार्यालय समय पश्चात बेलुका घरमा केटाकेटीहरुसँग बस्दा म पुस्तक पढ्छु । आफुले पढ्नलाई किताब झिकेपश्चात छोरीहरु पनि आ आफ्नो किताब झिकेर पढ्छन् । मैले मोबाइल चलाउन थालेँभने उनीहरुलाई पनि मोबाइल नै चाहिने हुन्छ, त्यसैले छोरीहरुलाई स्क्रिन टाइम बढी नहोस् भन्नेकुरामा हेक्का राखिराखेको हुन्छु । फेरि मेरो बानी कस्तो छ भने घरमा म यत्तिकै केही नगरी बस्नै सक्छिन । त्यो भनेको कि मैले मोबाइल ल्यापटप चलाउने, कि पुस्तक पढ्ने कि भान्सामा काम गर्ने या यस्तै केही न काम गर्नै पर्छ । यत्तिकै बस्न नसक्ने हुनाले पनि म प्राय किताब हेरिरहेकै हुन्छु ।
६. पुस्तक नभए जीवन कस्तो हुन्थ्यो होला ?
खै कस्तो भन्ने ? पुस्तक नहुँदा यति धेरै ज्ञानका कुराहरु सहज रुपमा ग्रहण गर्न पाइन्थेन होला । हुन त कुनै न कुनै रुपमा केही ज्ञान त पक्कै लिइन्थ्यो होला, या भनौ पुस्तकको विकल्पमा केही न केही त पक्कै हुन्थे होला, जस्तो अहिले किताबको ठाउँमा अन्य डिजिटल सामाग्रीहरु पनि प्रशस्तै छन् नि ।
७. एक पटक पढ्नै पर्ने पुस्तक ?
त्यस्तो यहि नै एउटा पुस्तक जुन नपढी हुन्न भन्ने चाहिँ छैन । आ आफ्नो रोजाइ अनुसार आख्यान, गैरआख्यान या के मन पर्छ, त्यही रोजेर पढ्न सकिन्छ ।
८. दोहो¥याएर पढेको पुस्तक ?
धेरै छन् । त्यो चाहिँ समय अनुसार भर पर्छ जस्तो कुनै कुनै बेला सुबिन भट्टराईको समर लभ पुस्तक दशौँ चोटि पढियो भने कुनैबेला कृष्ण धराबासीको राधा उपन्यास दोहो¥याई दोहो¥याई पढियो । अमर न्यौपानेको सेतो धर्ती जति पटक पढेको छु, त्यति नै पटक भावुक भएको छु । अहिले प्रदीप रोदनको मफलरका हरेक गजल दशौँ पटक दोहा¥याएर पढिरहेको छु । त्यसैले मन परेका पुस्तक नदोहो¥याएका कमै छन् ।
९. पुस्तक किन्न कति खर्च गर्नुहुन्छ ?
पहिले हरेक महिनामा कम्तिमा पनि २/३ हजारका किताब किनियो कुनै बेला । तर अहिले चाहिँ किताब किन्नलाई यति भनेर बजेट छुट्याएर किनिन्न । मन परेका पुस्तक साथीभाइ मार्फत या अनलाइनमा भनेपनि तत्काल मगाइन्छ । पुस्तक पसलमा पुगेका बेला छान्दै जाँदा ५/७ हजारका किताब बोकिपनि हालिन्छ कहिलेकाहिँ । तोकेर बजेट चाहिँ विनियोजन गर्ने गरेको छैन ।
१०. मनपर्ने लेखक ?
धेरै हुनुहुन्छ । प्राय मलाई सबै लेखकहरु मन पर्छन् । तर एक जना मात्र छान्दा अमर न्यौपाने ।
११. लेखकलाई के ले राम्रो बनाउँछ ?
अध्ययन । कुनै पनि लेखक राम्रो हुन उसले राम्रो अध्ययन गरेकै हुनुपर्छ । प्रायजसो लेखकहरु लेख्न चाहिँ लेख्ने तर आफुचाहिँ नपढ्ने गर्छन् । समकालिन साहित्य, विश्व परिवेश, पाठकको चाहना आदि बुझ्नका लागि लेखकले अध्ययन गर्नै पर्छ ।
१२. नेपालमा लेखेर बाँच्न सकिन्छ त ?
अन्य देशको तुलना गर्ने हो भने अझै पनि नेपालमा लेखेरै बाँच्न सकिन्छ जस्तो लाग्दैन । अझै नेपालीहरुमा पठन सँस्कृतिको राम्रो विकास हुन सकेको छैन । अझै हामी मागेरै पुस्तक पढ्ने समाजमा बाँचिरहेका छौँ । अर्कातर्फ राज्यले पनि लेखकलाई उचित व्यवस्था गरेजस्तो लाग्दैन । विशेष गरी पुस्तक छपाईका लागि आवश्यक पर्ने पेपर खरिद देखि करछुट र पुस्तकको बजारीकरण सम्मका कुरामा राज्यले पर्याप्त ध्यान दिएमा लेखकले लेखेरै बाँच्न सक्छ होला ।
१३. इ बुक राम्रो कि प्रिन्ट ?
यी दुवैको आ आफ्नै महत्व छन् । पढ्नका लागि छपाईका पुस्तकहरु लै पाठक मैत्री हुन् । तर प्रविधिमा आएको परिवर्तन सँगसँगै समय अनुकुल हुने गरी पुस्तकहरुलाई इ बुकका रुपमा लैजाँदा त्यो पनि नराम्रो होइन । किनकी हिजो क्यासेट, सिडी डिभीडीको जमाना अहिले सबै हराएर डिजिटल्ली युट्युब लगायतका प्लेटफर्ममा बदलिएर पनि मनग्गे रुपमा आम्दानी गरेर चलेको जस्तै पुस्तक पनि प्रेसमा छापिएर पसलमा किन्ने मात्र नभै इ बुकमा रुपमा, अडियो बुकका रुपमा पनि बजारीकरण हुँदा राम्रै हुन्छ ।
१४. अन्त्यमा ?
पढ्नुपर्छ । हामी धेरैजसो आफु चाहिँ नपढ्ने, अनि विद्यार्थी र छोराछोरीहरुलाई चाहिँ पढ पढ भनेर गाली गरेका हुन्छौँ । आफुले पढ्यौँ भने मात्र हामीले अरुलाई पनि पढ भनेर भन्न सक्छौँ । त्यसैले हामीले पुस्तक पढ्ने, सकेसम्म किनेरै पढ्ने, नजिकका पुस्तकालयहरुमा गएर पढ्ने बानी बसाल्नु पर्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |