धादिङबेशी । विश्व स्तनपान सप्ताहको अवसरमा धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा स्तनपान सप्ताहको अवसरमा अभिमुखिकरण गरिएको छ । आजबाट सुरु भएको सप्ताहब्यापी अभियान धादिङका अधिकांश स्थानिय तहरुले बिभिन्न कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरेका छन् ।
स्तनपान सप्ताहको अवसरमा आज रुवीभ्याली गाउँपालिका वडा नं ३ सेर्तुङमा सुनौलो हजार दिनका आमाहरुलाइ स्तनपानका सन्दर्भमा अन्तरक्रिया तथा स्तनपान प्रवर्धन बारे अभिमुखीकरण कार्यक्रम गरिएको हो। जनस्वास्थ्य कार्यालय धादिङ, रुबिभ्याली गाउपालिका स्वास्थ्य शाखा र सेचेन करुणाको आयोजनामा सुनौलो हजार दिनका ५० जना भन्दा बढी आमाहरुलाइ स्तनपान प्रवर्धन बारे अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यलयका तर्फबाट जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुली, स्वास्थ्य शाखा प्रमुख राज बहादुर तामङ र सि अ. न. मि. सीता तामाङ एवं सेचेन करुनाको तर्फबाट कार्यक्रम संयोजक कृष्ण गुरुङले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा मुख्यगरी शिशु जन्मेको १ घन्टाभित्र स्तपान, ६ महिना सम्म पुर्ण स्तनपान, ६ महिना देखि २ वर्षसम्म स्तनपानका साथै थप खाना र स्तनपानको आशन, सम्पर्क, स्तनपानको महत्व, फाइदाका बारे जानकारी गराइएको थियो ।
यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ ।
आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ ।डाक्टरहरुका अनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्त्व छ । नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |