धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको आमाको माया छात्राबासको नयाँ छात्राबास ब्यवस्थापन समिति गठन गरिएको छ । छात्राबास परिसरमा एक कार्यक्रमको आयोजना गरि डा. नविन बन्धु पहाडीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा प्रकाश ढुंगाना, सचिवमा राजेन्द्र राना मगर, कोषाध्यक्षमा राधिका डङ्गाल रहेका छन् । समितिका सदस्य सदस्यहरुमा चमेली वाग्ले,सृजना मधिकमी, कृष्ण बद्री पौडेल, सन्दीप रिजाल, कृष्ण कुमार श्रेष्ठ, टीका देबी थापा रहेका छन् ।
त्यसैगरी केन्द्रिय छात्राबास संगठन सचिवमा मिलन भट्ट र सदस्यमा चन्दन मन्डल चयन गरिएको आमाको माया छात्राबासका नवनिर्वाचित ब्यपस्थापन समितिका सदस्य कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |