धादिङबेशी । धादिङ संचार सहकारी संस्था लि.को एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार धादिङबेशी स्थित पत्रकार महासंघको सभाहलमा संस्थाका अध्यक्ष बद्री अधिकारी अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल सुचना तथा सचार केन्द्रिय सहकारी संघका लेखा समितिका संयोजक राजेन्द्र कु. बस्नेतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका धादिङ शाखाका सभापती राजाराम शर्मा,संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष पोषनाथ अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउनुभयो । उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै सहकारी आन्दोलनलाई साथ दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।
साधारणसभामा संस्थाका महासचिव अर्जुन कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/२०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रेख बहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सहमत पास गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |