धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल किन्न कृषकहरु लाइनमा बस्नु नपर्ने बताउनुभएको छ । उहाँले तत्कालै मलमा जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको बताउनुभएको हो ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला धादिङ आइपुग्नुभएका कृषि मन्त्री अधिकारीलाई नागरिक समाजले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको बताउनुभयो । १० किलो मल लिन नागरिकता लैजानुपर्ने बाध्यता तत्काल हटाउन निर्देशन दिइसकेकाले अब मल सहज प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ ।
उहाँले मन्त्री पदमा रहुन्जेल मन्त्रालयको जिम्मेवारीमा रहेर कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताउनुभयो । “सकेको राम्रो गर्नेछु, तर मन्त्री पदबाट बाहिरिँदा कलङ्कको टीका नलगाइ बाहिरिनेछु”, उहाँले भन्नुभयो, “सकेसम्म किसानको हितमा शिर उँचो बनाउने राम्रो काम गर्नेछु, तर गलत काम गर्दिन । नागरिक समाजसँग टाढा छैन । फेरि यहीँ उपस्थित हुन्छु ।”
“मल, बीउविजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइरहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौँ भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्या छन्”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा म विज्ञ त होइन । तर, विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडो भन्दा चाँडो एउटा सङ्कल्प तयार गर्दैछु । किसानको हित हुने गरी प्राप्त जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।”
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |