धादिङबेशी । धादिङमा आर्थिक वर्ष ०८०/०८१ मा २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको छ । जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ संघ संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७८९ जना महिला र २ हजार १४६ जना पुरुष गरी कुल २ हजार ९३५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले जनाएको छ । सबै भन्दा धेरै रामकोट साकोसको आयोजनामा नीलकण्ठ नगरपालिका–८ धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २२६ जनाले रक्तदान गरेका थिए ।
त्यसैगरी दोस्रोमा लायन्स क्लव अफ काठमाण्डौ सुर्यमुखीले गरेको रक्तदानमा सहभागीले रक्तदान गरेका थिए । उक्त क्लवले आयोजना गरेको रक्तदानमा ११४ पुरुष र ३८ जना महिला गरि १५२ जनाले रक्तदान गरेका थिए । त्यसैगरी तेस्रोमा ईसाई समाजले १२३ र चौथोमा रोटरी क्वलले आयोजना गरिएको रक्तदानमा ११९ जनाले रक्तदान गरेका थिए ।
धादिङमा मेला, उत्सवहरुको अवसरमा नेपाल रेडक्रस सोसाईटी धादिङको सहयोगमा रक्तदान कार्यक्रम हुँदै आएको छ । धादिङमा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्था मध्ये जिल्ला होटल महासंघको आयोजना भएको रक्तदान कार्यक्रममा सवैभन्दा कम ३ जनाले रक्तदान गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |