धादिङबेशी । बर्षाको समयमा नदीनाला बहाव बढ्न गई बाढी पहिरो लगायतका मनसुनजन्य विपदका घटना घट्ने भएकोले जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दाहरुहरुलाई मनसुन अवधिभर विशेष सुरक्षाका साथ सतर्कता अपनाउन ज्वालामुखी गाउँपालिकाले बिशेष अनुरोध गरेको छ ।
शुक्रबार असार २८ गते गाउँपालिकाको वातावरण तथा विपद् व्यपस्थापन शाखाले एक सूचना प्रकाशन गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन र यात्रा गर्दा पूर्व सूचना लिएर मात्र यात्रा गर्नुहुन अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, पुर्वानुमान महाशाखाले यस बर्ष अत्याधिक बर्षा हुने अनुमान गरिएको छ ।
ज्वालामुखी गाउँपालिकाले सुचना मार्फत गाउँपालिकामा रहेका सम्पूर्ण सुरक्षा संयन्त्र, कार्यालयहरु, रेडक्रस सोसाइटी, गैरसरकारी संघ संस्था, पत्रकार तथा नागरिक समाज लगायतका सम्पूर्ण सरोकारवालाहरुले वर्षातको समयमा घट्न सक्ने विपद्जन्य घटनाको बारेमा आवश्यक पूर्व सर्तकता अपनाउनको लागि सूचना तथा जानकारी आदानप्रदान गर्न, विपद राहत तथा उद्धार सामग्रीहरु तयारी अवस्थामा राख्न तथा विपद् जोखिम न्यूनिकरण गरी मानवीय भौतिक क्षति हुन नदिन आवश्यक सहयोग समन्वय गर्नु÷गराउनु हुन सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ ।
विपद्को पूर्व जानकारी तथा विपद्जन्य घटनाको जानकारी गराउन नजिकको प्रहरी चौकी, सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको विपद सम्पर्क व्यक्ति (९८५१२१५३९७) मा सम्पर्क गरी विपद जोखिम न्यूनिकरणका लागि सहयोग गर्न समेत पालिकाले अनुरोध गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |