धादिङबेशी । धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको प्रताप सिंह तामाङ नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास समितिले तामाङलाई तेस्रो पटकको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
वि.स.२०७६ सालदेखी धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङ निरन्तर रहदै आउनुभएको छ । जिल्ला अध्यक्ष हुँदा समितिको भवन निर्माण सँगै जिल्लामा खेलकुदको गतिविधि बढाएका तामाङ आफै पनि खेलाडी रहनुभएको छ । प्रदेश स्तरीय प्रतियोगतामा राम्रो नतिजा दिन सफल भएका तामाङले जिल्लाको खेलकुद क्षेत्रलाई चलायमान बनाउनु भएको छ । आगामी कार्यकालमा पनि जिल्लाको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने तामाङले बताउनु भएको छ ।
हाल बागमती प्रदेश खेलकुद विकास समितिले धादिङ सहित ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
बागमती प्रदेश खेलकुद विकास समितिले सत्तारुढ माओवादी केन्द्रलाई चारवटा र नेकपा (एस)लाई दुईवटा जिल्ला भागबन्डा गरी अध्यक्ष नियुक्त गरिएको छ । बाँकी ७ वटा जिल्ला अब बन्ने कांग्रेस–एमाले नेतृत्वको सरकारलाई नियुक्तिका लागि छोडिएको बिशेष स्रोतले बताएको छ ।
स्रोतका अनुसार काठमाडौं र सिन्धुलीका अध्यक्ष नेकपा एसको सिफारिसमा र धादिङ सहित अन्य जिल्लाको माओवादी केन्द्रको सिफारिसमा नियुक्त भएका हुन् ।यसपटक प्रदेशले कार्यविधि संशोधन गरी जिल्ला अध्यक्षहरुको कार्यकाल चार वर्षे बनाइएको छ । अघिल्लो पटक कार्यकाल दुई वर्षे थियो ।
समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |