धादिङबेशी । धादिङमा २६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार नीलकण्ठ नगरपालिका–१० बाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
आफूलाई असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थिईन । सोही जाहेरीको आधारमा निजलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
आरोपित बालकलाई हाडनाता जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतले असार २३ गते नै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |