धादिङबेशी । धादिङको वेनिघाट रोराङ वडा नम्बर १ ब्रोम्दिङ र थमभन्ज्याङको खुल्ला चरण क्षेत्रमा चियाको बिरुवा रोपिएको छ । खुल्ला चरण क्षेत्रलाई संरक्षण गरी व्यवसायिक रुपमा चिया खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले चियाको बिरुवा रोपिएको हो ।
गाउँपालिकाले वडा नम्बर १ मा व्यवसायिक रुपमा चियाखेती प्रवद्र्धन गर्ने कार्यक्रम अन्र्तगत अघिल्लो आर्थिक बर्षमा ५ लाख र चालु आर्थिक बर्षमा ३ लाख आर्थिक सहयोग दिएपछि परिक्षणका रुपमा पाँच हजार चियाको बिरुवा रोपिएको चिया प्रवद्र्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।
गाउँपालिकाले एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य वडा नम्बर १ लाई चिया, अम्रिसो, आलु, बेमौसमी बन्दा, काउली खेतीको पकेट क्षेत्रको रूपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गाउँपालिकाले यस क्षेत्रका नाङ्गा डाँडाहरूमा चिया खेती प्रवद्र्धन गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने नीति लिएको छ । यससँगै पर्यटनको अथाह सम्भावना रहेको यस क्षेत्रमा चिया खेतीले पर्यटनको प्रवद्र्धनमा पनि टेवा पुग्ने पालिकाले बिश्वास लिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |