धादिङबेशी । धादिङमा छ महिनामा ३० घटना, ३० जना पिडीत भएको घटना सार्वजनिक भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममा धादिङमा उक्त घटना घटेको जानकारी गराईएको थियो ।
सन् २०२४ जनवरी देखि जुनसम्म कारागारमा १ जनाको मृत्यु, बालिका बलात्कारका ८ वटा, महिला बलात्कारका ५ वटा, बलात्कार प्रयासका २ वटा, घरेलु हिंसाका ८ वटा, बहुविवाहका १ वटा, बालक अपहरणको १ वटा, आत्महत्या दुरुत्साहनका २ वटा, विद्यार्थी कुटपिटका १ वटा, अपांगता अधिकार उल्लंघनका १ वटा घटना गरि ३० घटनामा २७ महिला र ३ पुरुष पीडित रहेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा ईन्सेक धादिङका प्रतिनिधि सीताराम अधिकारीले ईन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकको आधा वर्षको वर्ष पुस्तकका लागि संकलित घटनाहरुका बारे जानकारी गराउदै पृष्ठ पोषण गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |