धादिङबेशी । गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम मंगलबारबाट शुरु भएको छ । गंगाजमुना वडा नं २ का वडाध्यक्ष बल बहादुर तामाङको आतिथ्यतामा शुर भएको नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा १३ जना सहभागीता रहेको थियो ।
बुधबार सम्म संचालन हुने तालिम उद्घघाटनमा सत्रमा शुभ कामना दिनु हुँदै वडाध्यक्ष बल बहादुर तामाङले कृषकहरुले परम्परागत खेती प्रणालीबाट अब व्यवसायिक खेती गर्न अग्रसर हुनु पर्ने र यसको लागि गाउँपालिकाले प्रयास नेपाल,धादिङ सँग समन्वय र सहकार्य गरि कृषि तथा पशुपालनमा उत्पादन तथा उत्पादकत्व बढाउन कार्यक्रम संचालन गरिएको बताउनु भयो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं १ र २ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ नेतृत्व विकास तालिम संचालन गरिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |