धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा बेरुजु शुन्य गराउन सफल भएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देश भरिबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ स्थानीय तह मध्ये बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको छ । धादिङमा १३ स्थानिय तह मध्ये कम बेरुजु हुनेमा नेत्रावती डवजोङ गाउँपालिका दोस्रो,नीलकण्ठ नगरपालिका तेस्रो र खनियाबास गाउँपालिका चौथो बन्न सफल भएको छ ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको ० दशमलब ४ प्रतिशत, नीलकण्ठ नगरपालिकाले ० दशमल ४९ प्रतिशत, खनियाबास गाउँपालिकाले ० दशमलब ८३ प्रतिशत मात्र बेरुजु रहेको छ ।
त्यसैगरी गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालामुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ रहेको छ ।
धादिङको १३ स्थानिय तह मध्ये सवै भन्दा बढि बेरुजु रहनेमा धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |