कुनै पनि कोष अथवा जीवको जिवन निर्वाह, शारीरक बृद्धि, प्रजनन कार्यमा अभिबृद्धि गराउने पदार्थलाई पौष्टिक तत्व भनिन्छ । प्रायः हरेक आहारामा निश्चित हुने पौष्टिक तत्वहरु हुन – कार्वोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज तत्व, भिटामिन र पानी ।
पशु उत्पादकत्व बढाउन र रोग नियन्त्रणमा उन्नत नश्ल स्वास्थ्य, गोठ/खोर व्यवस्थापन जस्तै आहारा व्यवस्थापनको (संन्तुलित आहाराको) भूमिका महत्वपूर्ण रहेको हुन्छ । पौष्टिकतत्व आधारमा पशु आहारा लाई निम्न वर्गमा राखीएको छ ।
घांसपात– यस वर्गको पशु आहारामा रेशादार पदार्थको मात्रा १८ प्रतिशत भन्दा बढी हुन्छ र कुल पाचन योग्य पौष्टिक तत्व (टि.डि.एन) ६० प्रतिशत भन्दा कम हुन्छ । यस वर्गमा हरियो घासपात, सुरक्षित घासपात, नल पराल जस्ता सुकेका घासपातहरु पनि पर्दछन ।
दाना– यस प्रकारको आहारामा कूल पाचन योग्य पौष्टिक तत्व (टि.डि.एन) को मात्रा ६० प्रतिशत भन्दा बढी र रेशादार पदार्थको मात्रा १८ प्रतिशत भन्दा कम हुन्छ । यस वर्गको आहारामा वजारमा पाइने दाना, पिठो, ढुटो, पिना, चोकर जस्ता पदार्थहरु पर्दछन ।
विभिन्न पौष्टिक तत्वहरुको काम
संतुलित आहारा
जुन दानामा पशुहरुलाई चाहिने आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ र भिटामिनहरु ठिक ठिक मात्रामा मिलाएर बनाएको दानालाई संन्तुलित दाना भनिन्छ । पशुहरुको उमेर र अवस्था अनुसार फरक–फरक पौष्टिक तत्व भएको आहाराको आवश्यकता पर्दछ ।
सन्तुलित आहारा बनाउनः
गाई/भैंसीकारभेडा बाख्राकोे लागी दानाको नमूना (१०० के.जी)
सामग्रीहरु मात्रा/के.जी
नोटः –साधारणतया २ लिटर दुध निकाल्नका लागी १ के.जी सन्तुलित आहारा खुवाउनु पर्छ । सुख्खा पदार्थको १ तिहाईभाग हरियो घांसबाट र दुइतिहाई भाग पराल वा गहुंको छ्वालीबाट उपलब्ध गराउनृु पर्दछ ।
समाप्त
लेखक : नीलकण्ठ नगरपालिका पशु बिकास शाखामा नायब पशु सेवा प्राविधिकको रुपमा कार्यरत हुनुहुन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |