गंगाजमुना । धादिङको गंगाजमुना गाउँपालिकाले बालक्लबका पदाधिकारीहरुको लागि क्षमता विकास कार्यशाला तथा वडा स्तरीय वडास्तरीय बाल क्लब संजाल पुर्नगठन सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिकाको वडा नं १ र २ बालक्लबका पदाधिकारीहरुको लागि आयोजित कार्यशाला समापन पछि वडा नं १ मा यावेश तामाङको अध्यक्षतामा ९ सदसिय र वडा नं २ मा श्रेया तामाङको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल पुर्नगठन सम्पन्न भएको छ । वडा नं १ को हिमालय आवि चोकेमा भएको बालक्लबका पदाधिकारीहरुको वडा स्तरीय क्षमता विकास कार्यशालामा सम्बन्धित वडा भित्र रहेका हरेक बिद्यालयबाट समाबेसी आधारमा छनौट भई बिद्यालय र वडा बाल संजालमा रहेका पदाधिकारी तथा सदस्यहरुको सहित ५७ जनाको सहभागी रहेको थियोे ।
बालसमूह गठन तथा परिचालन निर्देशिका २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम वडा स्तरीय बालक्लब संञ्जाल पदाधिकारीहरुको क्षमता विकास कार्यशाला गरिएको गंगाजमुना गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा भट्टले बताउनु भयो ।
कार्यक्रममा बालअधिकार, बालक्लब बिधान, गाउंपालिकामा आवद्धता,काम कर्तव्य, अधिकार र उत्तरदायित्व, बालक्लवहरले समुदाय र बिद्यालय तहमा गर्न सक्ने कामहरु लगायतका बिषयमा बाल अधिकार अभियान्ता तथा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल र सन्तोष सत्याले सहजिकरण गर्नु भएको शाखा प्रमुख प्रमिता भट्टले बताउनु भयो ।
कार्यक्रमका केहि झलकहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |