धादिङबेशी । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा ५ कन्टुन्जेमा ३ महिने ढाका बुनाई तालिम सुरु भएको छ । जिबिका परियोजना अन्तर्गत ग्रामिणमुखी युवा अभियान रोयम नेपालको आयोजना तथा पावल साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा र वडा न ५ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
वडा अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको तालिम उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष मेगनाथ रिजालको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सिता माया गुरुङको विशेष आतिथ्यता रहेको थियो ।
उद्घघाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मेघनाथ रिजालले तालिमको सहि सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । तालिममा सिकेका सिपलाई सहि सदुपयोग गर्न सके आत्म निर्भर बन्न सकिने र सिप सिकेर व्यवसायी बन्न ईच्छुक महिलालाई पालिकाले सहयोग गर्ने बताउनु भयो ।
तालिम सञ्चालन गर्ने संस्थालाई धन्यवाद दिँदै पालिका उपाध्यक्ष सिता चोदेनले घरायसी काममा मात्र नभई आयआर्जनको क्षेत्रमा पनि महिलाहरु अघि बढ्नुपर्ने बताउनुभयो । यस्ता सिप मुलक तालिमले महिलाहरुको जिविकोपार्जनमा महत्वपुर्ण भुमिका खेल्ने उपाध्यक्ष चोदेनको भनाई छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |