धादिङबेशी । ज्वालामुखी गाउँपालिकाले युवाहरुको लागि उद्यमशीलत तथा वित्तिय साक्षरता तालिम संचालन गरेको छ । ज्वालामुखी गाउँपालिका र राष्ट्रिय युवा परिषद् को संयुक्त आयोजनामा आजदेखि धोदिङबेशीमा तालिम संचालन भएको हो ।
युवाहरुलाई तालिम तथा सिपको माध्यमबाट सिर्जनशिल एवं व्यवसायिक क्षमताको विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।उहाँले युवाहरुको नेतृत्व व्यक्तित्व विकाससँगै उद्यमशीलता प्रबद्र्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम गर्दैै आईरहेको बताउनुभयो ।
७ दिनको तालिममा व्यवसाय कसरी गर्ने, आफ्नो स्थानिय तहमा कुन कुन उद्यमहरु सम्भावना छन्, त्यसमा व्यवसायिक योजना कसरी बनाउने भन्न विषयमा अनुशासन भएर सिक््नको लागि आग्रह गर्नुभएको छ । ७ दिनको सिकाइले व्यक्तिगत सिकाइ मात्र नभइ सिंगो ज्वालामुखीको सम्पत्ति भएर जानुपर्ने उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो । यो युवा केन्द्रित कार्यक्रम अन्य नागरीकहरुको लागि पनि प्रेरणाको श्रोत बन्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले युवा परिषद्ले युवा लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र बेला बेलामा युवाहरुलाई लक्षित गरी बिभिन्न अवसरका सूचनाहरू वेवसाइट मार्फत सार्वजनिक गरिने भएकोले अपडेट रहन आग्रह गर्नुभयो । तालिमको सदुपयोग गर्ने सके नेपाल मै पनि केही गर्ने सकिने उहाँले बताउनुभयो ।
ज्वालामुखी गाउँपालिकाको प्रत्येक वडाबाट ५/५ जना गरी ३५ जना युवा सहभागि रहेको तालिमको सहजीकरण जयदुर्गा बुढाथोकी र ऋतुवर्ज सिलवालले गर्नुभएको छ । तालिममा व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, व्यवसायको स्वरूप, उद्यम र उद्यमशीलताको परिचय, व्यवसाय शुरुवातका लागि आवश्यक कुल पूँजी र पूँजीको स्रोत, व्यवसायिक योजना तयारी, उद्यमीमा हुनुपर्ने सीप र सक्षमता, व्यवसायको महत्त्व योजना, बिक्री योजना र नाफा /नोक्सान लगायत व्यवसायको योजना तयारी सम्बन्धी विषयमा प्रशिक्षण दिइने छ ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख दिनेश घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकका उपाध्यक्ष धर्म बहादुर अर्याल, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, कार्यपालिका सदस्य, लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |