धादिङबेशी । प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ५ दिने शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम सुरु भएको छ । नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत पहिलो चरणको पाचँ दिने क्षमता विकास तालिम बिहिबारदेखि सुरु भएको हो ।
भाषिक सिप र गणितिय सिप लगायत व्यवहार कुशल सिपहरु बिकास र क्षमता विकास गर्र्ने उद्धेश्यका साथ प्रारम्भिक बाल कक्षामा कार्यरत सहजकर्ताहरुको लागि तालिम संचालन गरिएको नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो । भट्टका अनुसार नीलकण्ठ नगरपालिकाको ८३ वटा विद्यालयमा रहेका १०६ मध्ये पहिलो चरणमा ५३ जनालाई तालिम संचालन गरिएको हो ।
तालिममा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा खेलद्धारा सिकाइ कसरी गर्न सकिन्छ, कक्षा कोठामा कसरी बालबालिकालाइ व्यबहार कुशल सिप कसरी बिकास गर्न सकिन्छ भन्ने विषयमा ५ दिनसम्म छलफल गरिनेछ । आज पहिलो दिन प्रारम्भिक बालविकास भनेको के हो ?, यसको अवधारणा, पक्षहरु र प्रारम्भिक बालविकासका तत्वहरुको बारेमा जानकारी गराउनुका साथै शैक्षिक सामाग्री निमार्ण गराइएको छ । तालिमको सहजीकरण सेतो गुरास बालविकास सेवा कपिलवस्तुका अनिता शर्मा र भगवती थापाले गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद रिजालको अध्यक्षतामा सुरुभएको तालिममा उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नगर प्रहरी लगायत बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो। आजदेखि सुरुभएको पहिलो चरणको प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम ३१ गतेसम्म संचालन हुने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |