नेत्रावती । चौथो नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता –२०८१ निरन्जना माध्यमिक विद्यालय मार्पाकमा सम्पन्न भएको छ ।नेत्रावती डबजोङ्ग गाउपालिकाको प्रायोजन, गजकेशर थामे अधिकारी कल्याण समाजको सह–प्रायोजन, मार्पाक सामुदायिक क्लबको आयोजना तथा थला गाउँ समाजको सह–आयोजना, निरन्जना माविको संयोजन साथै वडा नम्बर १ को कार्यालयको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
गाउपालिका भित्रका विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका कुल ९४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कुण्डलादेवी माविका युनिका श्रेष्ठले प्रथम, कुण्डलादेवी माबिकै रश्मी तामाङ्ग दोस्रो हुनुभएको छ भने निरन्जना माबिका भुमिका अधिकारी तृतिय हुनुभएको छ । बिजेताहरुलाई नगद,ट्रफि,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । त्यसैगरि चौतारा माविका संझना कुमारी यादब चौथो हुनुभएको छ । महेन्द्रबाराही माकिका पुष्पा गुरुङ्ग र निरन्जना माबिका कुस्मा तामाङ्ग पाचौ, निमार्चोक आबिका पुर्णिमा सिंखडा, मार्पाक पोखरा आबिका मन्दिरा बिक र मंगलादेवी माबिका सुलभ रिजाल छैटौ हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरेका छन् ।
निरन्जना माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोल बहादुर अधिकारीकोको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा वडा नं १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग, वडा नं ३ का पुर्ब वडाध्यक्ष बिजय पाख्रिन, दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारीको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,विद्यालय व्ववस्थापन समितिका पदधिकारीहरुको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |