धादिङबेशी । धादिङको विकट गाउँपालिका भनेर चिनिने रुवीभ्याली गाउँपालिकाले आफ्नो छुट्टै एम्बुलेन्स संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी हिमालयन हेल्थकेयर नेपालले रुबीभ्याली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेपछि रुवीभ्यालीमा एम्बुलेन्स सेवा संचालनमा आएको हो ।
उच्च पहाडी क्षेत्रको विकट बस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन ‘हिमालयन हेल्थ केयर नेपाल’ नामक सामाजिक संस्थाले सो गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
विगत ३२ वर्षदेखि रुवीभ्यालीको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यस पटक एम्बुलेन्स सहयोग उपलब्ध गराएको छ ।रुवीभ्याली गाउँपालिकाको सम्पर्क कार्यालय धादिङबेशीमा हिमालयन हेल्थकेयर नेपालका प्रशासकिय अधिकृत कुलमणी बस्नेतले रुवी भ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले गाउँपालिकामा नागरिकहर सामान्य बिरामी हुँदा हेलिकप्टर र्चाटर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । किन्ताङ खोलामा बेलिब्रिज लगाएत सडक सञ्जाल बिस्तार हुँदा एम्बुलेन्स संचालनले रुवीभ्यालीबासीलाई राहत पुग्ने उपाध्यक्ष तामाङले बताउनु भयो । गाउँपालिकाले छिट्टै एम्बुलेन्स संचालन कार्यबिधि बनाएर ब्यवस्थित तवरमा एम्बुलेन्स संचालन गर्ने उहाँको भनाइ छ ।
हिमालयन हेल्थकेयर नेपालका प्रशासकिय अधिकृत कुलमणी बस्नेतले रुवी भ्याली गाउँपालिकाको अनुरोधलाई सकारात्मक रुपमा लिएर एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो । आगामी दिनमा गाउँपालिकालाई रु १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरिने उहाँको भनाइ छ । उहाँले हस्तान्तरण गरिएको एम्बुलेन्सले स्थानीय नागरीकहरलाई सहज सेवा पुग्ने गरी गाउँपालिकाले एम्बुलेन्स संचालन गर्नेे विश्वास लिएको बस्नेतले बताउनुभयो ।
हस्तान्तरण गरिएको एम्बुलेन्स रुवीभ्याली आधारभूत अस्पतालबाट सञ्चालन हुने गाउँपालिकाकाले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |