धादिङ,२२ चैत्र ।
शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
संस्थाको १४ औं वार्षिक उत्सवको अवसरमा नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटार स्थित नमुना बौद्धिक अपाङ्ग आधारभुत विशेष विद्यालयका विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्रगमा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष कल्पना अधिकारी बताउनुभयो ।
वि.स.२०६६ साल चैत्र २२ गते २६ जना सदस्यबाट सुरुवात गरेको संस्थाको कुल सदस्य हाल ७ सय १० जना रहेका छन् । कृषि तथा पर्यटनको विकास गर्ने उदेश्यले स्थापना गरीएको संस्थाको कुल पुँजी २ करोड ५७ लाख ८७ हजार ६ सय ७८ रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |