धादिङबेशी । खनियावास गाउँपालिका वडा नं २ झार्लाङमा आज देखि एकिकृत जनस्वास्थ्य अभियान तथा पोषण प्रवद्र्धन कार्यक्रम संचालन हुने भएको छ । जनस्वास्थ्य कार्यलय धादिङको आयोजना र खनियाबास गाउँपालिकाको समन्वयमा चैत्र २१, २२ र २३ गते कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा बाल रोग विषेशज्ञ सेवा, स्त्रिरोग विषेशज्ञ सेवा, आँखा परिक्षण सेवा, हाडजोर्नी विषेशज्ञ सेवा, परिवार नियोजन सेवा, पोषण लेखाजोखा तथा परामर्श सेवा, नसर्ने रोगको स्क्रेनिङ (सुगर, पिसावमा एल्बुमिन परिक्षण), दन्त सेवा, नाक कान, घाटी, सम्बन्धि, विषेशज्ञ सेवा साथै अन्य सामान्य रोग सम्बन्धि उपचार सेवा प्रदान गरिने जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो ।
कार्यक्रम बिहान ८ः३० बजेदेखि ५ बजेसम्म संचालन हुने उहाँको भनाइ छ । स्वास्थ्य सेवा पहँुच नपुगेका नागरीहरुको समुदायमा गएर सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको छत्कुलीले बताउनुभयो ।
छत्कुलीका अनुसार स्वास्थ्य परिक्षण गरिनुका साथै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम, धादिङ अस्पतालबाट प्रदान गरिने सेवाहरुको विषयमा जानकारी, गर्भवती अवस्था र जटिलता लगायत पोषण सम्बन्धि छलफल गरिने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |