धादिङ,६ चैत्र ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेशीमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएको छन । चिुतुवाले ककुर लगेपछि कुकुर खोज्न जाँदा सुरुमा दिपक श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि अन्य स्थानियहरुलाई चितुवाले आक्रमण गरेको तल्लोबेशीबाट जयराम कोईरालाले बताउनु भयो ।
घाईते हुनेहरुमा तल्लोबेशीका विमला कोइराला, गोमा श्रेष्ठ, नन्द प्रसाद अधिकारी, दिपक श्रेष्ठ रहेका छन् । घाईतेहरुको उपचारका लागी हाल धादिङ अस्पताल पठाईएको कोईरालाले बताउनु भयो ।
मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानियहरुको प्रतिकारमा उक्त चितुवा मृत्यू भएको छ । उक्त क्षेत्रमा चितुवाले मानिसहरुलाई आक्रमण गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
गर्मी लागेसँगै वन जङ्गलमा लागेको डढेलोको कारण चितुवा बस्तीमा देखिन थालेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |