धादिङबेशी । धादिङमा लागु औषध नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसँग छलफल गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बेठकमा जिल्लामा लागु औषध उत्पादन, ओसार पोसार, कारोबार, सेवन लगायतको विषयमा छलफल गरिएको हो ।
उक्त छलफलबाट जिल्लामा लागु औषध नियन्त्रणको गर्नको लागि सबै सरोकारवालाहरु अझ संवेदनशिल भएर काम गर्नुपर्ने बताइएको छ । लागु औषधजन्य खेतीहरु उत्पादन गर्ने क्षेत्रहरुमा त्यस्ता खेतीहरु नियन्त्रण गरी बैकल्पिक खेती तर्फ अग्रसर गराउन सम्बन्धित स्थानिय तहलाई अनुरोध निर्णय गरिएको छ ।
त्यसैगरी लागुऔषध कारोबार तथा बिक्री वितरण हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गरी नियमित अनुगमन, चेकजाँच र कारबाहीका कार्यलाई थप प्रभावकारी बनाउने, लागु औषधजन्य औषधीको बिक्री वितरण कार्यलार्य व्यवस्थित बनाउन चिकित्सकको सिफारिस बिना लागु औषधजन्य र औषधी बिक्री वितरण नगर्ने निर्णय गरिएको छ ।
बैठकले लागु औषध सम्बन्धि सचेतनामुलक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लक्षित समुहसम्म पु¥याउने र यस्ता कार्यक्रम संचालनको लागि सुरक्षा निकाय, स्थानिय तह, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, संचार माध्यम लगायतले सहकार्य र समन्वय गर्ने जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |