धादिङबेशी । उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मान बहादुर क्षेष्ठ निवार्चित भएका छन् । सामेबार सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निवाचित गरेको हो ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा देवेन्द्र गैरे, कोषाध्यक्षमा राजु श्रेष्ठ, सह–सचिवमा पुष्पा पन्त श्रेष्ठ निवार्चित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दान बहादुर श्रेष्ठ, प्रदीप पोखरेल,रामकृष्ण कोइराला, सुब्बा रम्तेल, संझना नेपाली र कृष्ण प्रसाद पोखरेल रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सविता सुवेदी कोइराला निर्वाचित हुनुभएको छ भने सदस्यहरु शिवराज पोखरेल, धन बहादुर बिश्वकर्मा रहेका छन् ।
त्यसैगरी ऋण–उपसमिति संयोजकमा राजु श्रेष्ठ, सदस्यहरुमा सिताराम श्रेष्ठ, पुजा भट श्रेष्ठ निर्वाचित भएका छन् । शिक्षा उपसमिति संयोजकमा बलराम अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा लक्ष्मी रिमाल पोखरेल, पशुराम कोइराला निर्वाचित भएका छन् ।
त्यसैगरी साधारणसभाले जयराम कोइरालाको संयोजकत्वमा ऋण असुली उप–समिति समेत चयन गरको छ । ऋण असुली उप–समिति सदस्यहरुमा अनिल अधिकारी र कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाले आगामी छ महिना भित्र भाखा नागेको सम्पूर्ण ऋण असुलीको नभएमा कानुनी प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्दै सम्पूर्ण प्रतिवेदनहरु ब्यापक छलफल गरि सर्वसहमत पास गरेको छ ।
कार्यक्रमका केहि झलकहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |