धादिङबेशी । डिभिजन वन कार्यालय धादिङद्धारा हरित स्वयम सेवकहरुको लागि आयोजित दुई दिने वन डढेलो व्यवस्थापन तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तरगत नव न्युक्त हरित स्वयम सेवकहरुलाई लक्षित गरिएको वन डढेलो व्यवस्थापन तालिम आज सम्पन्न भएको हो ।
आउँदो सुख्खा यामलाई मध्यनजर गरी जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनहरुमा डढेलो लाग्न नदिन जिल्लाका १२ जना हरित स्वयम सेवकहरुलाई तालिम प्रदान गरिएको डिभिजन वन कार्यालय धादिङका सुचना अधिकारी टंक श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा वन डढेलो के हो ? कसरी लाग्छ ? किन लाग्छ ? वन डढेलोको असर र प्रभाव, डढेलो कसरी नियन्त्रण गर्ने ? वन डढेलो व्यवस्थापन गर्न औजारहरु कसरी प्रयोग गर्ने ? भन्ने विषयमा जानकारी गराइएको थियो ।
त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नं ३ को भष्मे दार्मे सामुदायिक वन उपभोक्ता समुहका पधादिकारीहरुको रोहवरमा वन डढेलो नियन्त्रणको प्रयोगात्मक अभ्यास समेत सम्पन्न गरिएको छ ।
तालिममा जर्मन सरकारबाट वन डढेलो व्यवस्थापनमा तालिम प्राप्त हेटौडा–२ निवासी सुन्दर सामुदायिक वन उपभोक्ता समुहका बुद्धि प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |