धादिङबेशी । नेकपा एमाले धादिङको नवौ जिल्ला अधिबेशनबाट भुमी त्रिपाठीको अध्यक्षमा बिजयी भएका छन् । आज भएको बिद्युतिय भोटिङ बाट प्रतिस्पर्धीहरुलाई हराउँदै त्रिपाठी अध्यक्षमा बिजयी हुनुभएको हो ।
त्रिपाठीले ३०९ मतका साथ अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्दी रामकुमार अधिकारीले ७१ मत कमले पराजित भएका छन्, अर्थात २३८ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा अर्जुन श्रेष्ठले ३१५ मत ल्यायी बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी रामकुमार आचार्य २३२ मत ल्याउनु भएको छ । सचिबमा राधिका सापकोटा ३३८ ल्याई बिजयी हुँदा हरेराम लोहनीले २०९ मत मात्र प्राप्त गर्नु भएको छ। महिला उप सचिवमा उर्मिला रेग्मीले ३५१ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दि खुपी कुमारी तामाङले १९६ मत ल्याउनु भएको छ ।
खुल्ला उपसचिवमा भक्तबहादुर लामिछाने ३४८ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने काजी श्रेष्ठले १९९ मत प्राप्त गर्न सफल हुनु भएको छ ।
आज सम्पन्न अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । जिल्ला कमिटीको ५५ जना सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |