मझिमटार । बेनिघाट रोराङ गाउंपालिका वडा न ९ मझिमटारमा रहेको शंखादेवी माविको आवासिय भवनको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिवेक) ले उक्त आवासिय भवनको शिलन्यास गर्नु भएको हो ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा १ करोेडको लागतमा ४ कोठे पक्कि आवासिय भवन बन्न लागेको हो । आवासिय भवन बागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको बिशेष पहलमा बन्न लागेको हो । शिलन्यास समारोहमा बिद्यालय ब्यवस्थापन समिति,अभिभावक संघ,शिक्षक तथा बिद्याथीहरुको उपस्थिति रहेको थियो ।
हाल १६० जना बिद्यार्थीले बिद्यालयमा नै बसी अध्ययन गरिरहेका छन् । उक्त बिद्यालयमा बेनिघाट रोराङ गाउँपालिकाका कोस्राङ, ऐवाङ, तोथर, माङराङ र गण्डकी गाउँपालिकाका हिग्लुङ, थुम्का, हुईलिङवेशी, दर्शनडाडाँका ५५० जना बिद्यार्थी अध्ययनरत छन् ।
कक्षा ६ देखि १२ सम्म निशुल्क अध्यापन गराईने उक्त बिद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्याममा अध्यापन गराईन्छ । उक्त बिद्यालयमा हाल ४६ प्रतिशत चेपाङ समुदायका बालबालिकाका अध्ययनरत रहेको र आवासिय भवन बनेपछि करिव ४ घण्टा टाढा देखि आउने बिद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने बिद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |