धादिङ, ६ माघ
धादिङको सिद्धलेक गाउँपालिकाले जाजरकोटका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा गएको टोलीले जाजरकोट पुगेर राहत सामाग्री सहयोग गरीएको हो ।
गत कात्तिक ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत सामाग्री वितरण गरीएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो । भुकम्पको कारण विद्यालय भत्कीएपछि खुल्ला आकाशमुनी कक्षा चलाईरहेको विद्यालयलाई कक्षा सन्चालन गर्न मिल्ने टेण्ट सहित प्रभावितलाई राहत सामाग्री वितरण गरीएको खतिवडाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
गाउँपालीकाका अध्यक्ष परशुरामा खतिवडाको नेतृत्वको टोलीले जाजरकोटको नलगाड नगरपालीकाको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई २० बाई ३० को २ ओटा टेण्ट उपलव्ध गराएको हो ।त्यस्तै गाउँपालीकाले सिंगल पोलार वेडसिट, तकिया, व्लाङ्केट, पि फर्म समेत प्रभावितहरुलाई वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष अतिवडाको नेतृत्वमा वडा नम्बर ३ का वडा अध्यक्ष देब बहादुर पुलामी, लेखा अधिकृत नवराज उपाध्याय दाहाल, वडा नं ५ का वडा अध्यक्ष वुधे घले सहितको टोलीले विद्यालयलाइ टेण्ट र गाउँपालिका मार्फत प्रभावितलाई अन्य सामाग्री सहयोग गरीएको हो ।
राहत सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापकले विपत्तीमा गरेको यो सहयोग सँधै सम्झीरहने बताउँदै सिद्धलेक गाउँपालीकाका अध्यक्ष सहित गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री राहतकोषमा सहयोग रकम हाल्न लागेको गाउँपालिकाले खुल्ला आकाशमुनि बसेर पठनपाठन गर्न परेको समाचार सुनेपछि विद्यार्थीको पठनपाठनमा तत्काल राहत हुने भन्दै राहत सामाग्री लिएर जाजरकोट पुगेको अध्यक्ष खतिवडाले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |