धादिङबेशी । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ स्थित २ टोललाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरीएको छ । बिहीबार एक कार्यक्रमकाबिच वडा नम्बर ४ को गणेस्थान र मिलनचोक टोललाई गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गर्नुभएको हो। ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा ज्वालामुखी गाउँपालिकाको आर्थिक सहयोग र शान्ति नेपालको प्राविधिक सहयोगमा गणेस्थान र मिलनचोक टोलहरुलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको हो ।
नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको गणेस्थान र मिलनचोक टोलमा ६६ घरधुरी रहेको छ ।नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले उक्त टोलहरुलाई पुर्ण सरसफाइयुक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।पुर्ण सरसफाइ मार्गदर्शन २०७३ ले ५ वटा ब्यवहारहरु नियमित रुपमा चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु पुरा गरेमा पूर्ण सरसफाईयुक्त गाउँ भन्न मिल्ने शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो।गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित,शान्ति नेपालका संस्थापक अध्यक्ष डा. कृष्णमान शाक्य,शान्ति नेपालका कार्यकारी निर्देशक पिआर शर्मा,परियोजना संयोजक ईन्द्रमान शाक्य,वडा नम्बर ५ का वडा अध्यक्ष टंक प्रसाद काप्री र वडा नम्बर ६ का वडा अध्यक्ष किशोर सेढाईको आतिथ्यता रहेको थियो।
ज्वालामुखी गाउँपालिका भित्रका हालसम्म २४ वटा टोललाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ।हाल सम्म १३६५ घरधुरी समेटीएकोे छ ।
गाउँपालिकाका कुल घरधुरी मध्ये २२ प्रतिशत घरधुरीलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा गरीएको छ ।गाउँपालिकाले वि.स.२०८१ साल असार मसान्त सम्म गाउँपालिकालाईनै नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्ने लक्ष्य राखेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |