धादिङबेशी । हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रो पहिचान भन्ने मुल नाराका साथ झिगु नेवा समाज धादिङको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
झिगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको तेस्रो अधिबेशन बाट राज कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय नया कार्य समिति चयन भएको छ ।
मंगलबार सम्पन्न अधिबेशन बाट गठित समितिको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ,कोषाध्यक्षमा बिनोद कुमार श्रेष्ठ,सह सचिवमा लिला श्रेष्ठ रहेका छन् ।त्यसैगरि सदस्यहरुमा आचल श्रेष्ठ,रामकृष्ण अमात्य,सप्तमाया श्रेष्ठ,नारायण श्रेष्ठ,शोभा डङ्गोल,छलमाया श्रेष्ठ,जगत बहादुर श्रेष्ठ र अमित शाक्य रहेका छन् ।
अधिबेशनले रामकृष्ण अमात्यको संयोजकत्वमा धिमे बाजा उप समिति, नारायण कुमार श्रेष्ठको संयोजकत्वमा लाखे जात्रा संचालन उप समिति,आचल श्रेष्ठको संयोजकत्वमा मिसाखल समिति चयन समेत गरेको छ ।
कार्यक्रम कै अवसर पारेर यमरी बनाउन सिकाई यमरी पुन्ही पनि मनाएको छ । धादिङका नेवार समुदायले आफ्नो सँस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले यमरी पुन्हीको अवसरमा यमरी मनाउन सिकाएको आयोजक संस्थाले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |