धादिङबेशी । शिक्षाको विकासमा प्रदेश सरकार प्रतिबद्द रहेको बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका– ५ फ्याक्सेमा रहेको पन्चकन्या माध्यामिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।
सोमबार बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा बागमती प्रदेश साम्सद गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मा, बागमती नगरपालिका. सर्लाहीका उप प्रमुख लिला मोक्तान, नीलकण्ठ नगरपालिका वडा ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ तथा एकिकृत अखिल शिक्षक सङ्गठनका बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीहरुका विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सामाजलाई राम्रो बनाउने र स्वाभिमानि बन्ने कुरा शिक्षामा निर्भर रहेको बताउनु भएको छ । विद्यालयको विकास हुनु भनेको समाजको विकास हुनु हो भन्दै व्यवहारिक शिक्षा र गुणस्तरिय शिक्षा महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।
स्थायी , अस्थायी, राहत लगायतका शिक्षकहरुको समस्या समाधान गर्नको लागि सरकारले शिक्षा निति ल्याउने जमर्को गरिरहेको भन्दै शिक्षा विद्ययक ढिला भएको खण्डमा बागमती प्रदेश सरकारले अब आफनै शिक्षा निति अगाडि बढाउने मन्त्री मोक्तानले बताउनुभयो । मन्त्रि मोक्तानले धादिङमा आएको बखत निर्माणाधिन पार्टी कार्यालय, तथा खानीगाउँमा रहेको धादिङ बहु प्राविधिक बिद्यालयको समेत अवलोकन गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रमका बिशेष अतिथि प्रदेश सांसद गोविन्द लम्सालले आफू विकास प्रेमी भएको र आफ्नो निर्बाचन क्षेत्रको विकासको लागि तत्पर रहेको बताउनु भएको छ । कार्यक्रममा अभिभावक चिठ्ठा कार्यक्रम, विद्यार्थी तथा अभिभावक सम्मान, नाटक, नृत्य तथा गायन, पन्चेबाजा प्रस्तुति लगायत खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक रामराजन ढुङ्गानाले कार्यक्रमको अवसरमा शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै धादिङ जिल्लाका १५९ विद्यालयहरु मध्ये एसइइ को नतिजा २०७९मा सामुदायिक बिद्यालय मध्ये २१ औं स्थानमा आफ्नो बिद्यालय रहेको र कक्षा ८, १० र १२ नतिजा उत्कृष्ट रहेको बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |