धादिङबेशी । त्रिपुरासुन्दरी गाउँपालिका वडा न ३ मुलपानी स्थित ठुलोबेसीलाई आलु पकेट क्षेत्रको रुपमा विकास गराउन किसानहरुलाई विऊ र उपकरण सामाग्री हस्तान्तरण गरिएको छ ।
५० प्रतिशत अनुदानमा विऊ र उपकरणहरु सोमबार पालिका प्रमुख राजु उप्रेती र उप प्रमुख देवराज धरेलद्वारा ठुलो बेसीका किसानलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको सामाग्रीमा ४ वटा ट्याक्टर, ३० वटा पम्प, ३५६ बोरा बीऊ रहेका छन् ।
गत आर्थिक वर्ष देखि ठुलोबेसीमा सुरुभएको उक्त कार्यक्रमका लागी संघीय सरकारले १२ लाख लगानी गरेको थियो । यो वर्ष विऊ र उपकरणमा ५० प्रतिशत अनुदानका लागि ६ लाख वजेट आएर सोहि अनुसार कार्यसम्पादन भैरहेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |