धादिङ,१७ मंसिर
धादिङको सिद्धलेक गाउँपालिकामा मंसिर २७ गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । शनिवार गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड मंसिर २७ गतेबाट गर्ने निर्णय गरेको हो ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता मंसिर २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय भएको जिल्ला भविलब संघका अध्यक्ष तथा शिक्षक अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभदयो ।
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत महिला तथा पुरुष भलिवल, कबड्ड, एथ्लेटिक्सका खेलहरु हुनेछन् । प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ स्थित अमर आदर्श माध्यमिक विद्यालयमा सन्चालन हुनेछ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |