धादिङ,१४ मंसिर
नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको संयुक्त कार्यपालिका बैठक विभिन्न तीन निर्णय सर्बसहमतिले पारित सम्पन्न भएको छ । गोरखाको पालुङटारमा सम्पन्न भएको बैठकले नीलकण्ठ नगरपालिकामा गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ बनाउने निर्णय भएको छ। गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको नीलकण्ठ नगरपालिकाले यसैबर्ष गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो ।
वैठकमा दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ ।त्यसकोे लागि एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने पनि निर्णय भएको छ। सोहि निर्णय अनुसार यसवर्ष निलकण्ठ नगरपालिकाले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी राम शाह चौतारा निर्माण गर्ने निर्णय गरेको हो ।सयुक्त कार्यपालिका वैठकमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि गोरखा नगरपालिका र निलकण्ठ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै दुवै नगरपालिकाका जनप्रतिनिधिहरुको फोटो समेत दुवै पालिकाको कार्यकक्षमा राख्ने निर्णय वैठकले गरेको छ । गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,गोरखा नगरपालिकाका उप प्रमुख मसली माया थोकर,नीलकठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदीको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर पालिकास संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, दुवै नगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
भगिनी सम्बन्ध जोडेका यी दुई पालिकाले आ–आफनो असल अभ्यासहरु आदानप्रदान गर्दै आएका छन् । अर्को संयुक्त बैठक नीलकण्ठ नगरपालिकाले गर्ने निर्णय भएको छ । त्यो बैठक अघि नीलकण्ठ नगरपालिकाले ‘रामशाह चौतारा’ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |