धादिङ,१४ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वय हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम बुधबार देखि सुरु भएको हो । कार्यक्रमका सामी कार्यक्रम सामाजिक परिचालन अधिकृत तथा प्रशिक्षक सम्झना भण्डारी,वडा सचिव लगायत वडा सदस्यहरुको आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा प्रत्येक वडाका २५ जनाको सहभागिता रहने गरी तालिम सन्चालन गरीएको प्रशिक्षक सम्झना भण्डारीले जानकारी दिनुभएको छ । यसअघि नीलकण्ठ नगरपालिका वडा नम्बर ३,१२,२ र ५ वडामा कार्यक्रम सम्पन्न भएको छ । बाँकि वडाहरुमा क्रमश तालिम सन्चालन गरिने छ ।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने सम्झना भण्डारीले जानकारी दिनुभयो ।सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्नेछ ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको छ ।
बुधबारदेखी सुरु भएको तालिम ७ दिन सम्म सन्चालन हुनेछ ।सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |