धादिङबेशी । होटल एशोसियन नेपाल (हान) धादिङद्धारा धादिङबेशीमा वडा दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार क्रिक रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
होटल एशोसियन नेपाल (हान) धादिङका अध्यक्ष राजाराम सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाकाका उप–मेयर दिपक बिश्वकर्माको प्रमुख आत्थ्यिता, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह बिशेष आतिथ्यता, वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना आदान प्रदानको क्रममा होटल ब्यवसायीहरुले बेलुकाको समयमा ९ बजे बन्द गर्न पर्दा ब्यवसायमा अप्ठेरो परेको गुनासो गरेका थिए । सोहि बिषयलाई मध्यनजर गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माले ब्यवसायीहरुको हक हितको निमित्त आफु सदैव प्रतिबद्ध रहेको भन्दै बेलुकाको समयमा थप १ घण्टा बजारमा होटल ब्यवसाय संचालन गर्न पाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले यस बिषयमा छलफल गरि छिट्टै निर्णय गर्ने समेत बताउनु भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, संघ÷संस्था तथा बित्तीय क्षेत्रका शाखा प्रमुख तथा प्रतिनिधिहरु र होटलब्यवसायीहरुको उपस्थिती रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |