धादिङ,१९ असोज
धादिङको नीलकण्ठ नगरपालिका वडा न ७ मा रहेको कर्णेश्वर माविमा शुक्रबार विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम समपन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा कीर्तीगंगा मेडिकल सेन्टरको सहयोगमा डा.राम थापा क्षेत्रीको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्याथीहरुलाई आकस्मिक स्वास्थ्य शिक्षा तथा जीवनपयोगी सीप र जनचेतनामूलक बिषयमा सहजीकरण गरिएको थियो ।विद्यालयमा तथा दैनिक जीवनमा हुन सक्ने तथा विभिन्न आकस्मिक घट्नाहरुको न्युनीकरण र प्राथामिक रोकथाम गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाइ प्रत्यक्ष अभ्यास पनि गराइएको डा.क्षेत्रीले जानकारी दिनुभयो ।
हामीले घटना हुनुभन्दा अगाडी वा भैसकेपछी आफ्नो सुरक्षाका लागि विभिन्न उपाय वा विधिहरु प्रयोग गरी त्यसबाट हुन सक्ने जोखिम तथा अन्य ठुला घट्नाहरुबाट जोगिन सकिने डा राम थापा क्षेत्रीले बताउनुभयो ।विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम बिहिबार चण्डेश्वरी माविमा पनि सम्पन्न भएको सहजकर्ताको डा. क्षेत्री जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |