धादिङ । विकास निमार्णसँग सम्बन्धित संघीय/प्रादेशिक कार्यालयहरु तथा स्थानिय तहहरुको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम धादिङबेशीमा सुरु भएको छ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा जिल्ला स्थित विकास निर्माण संग सम्बन्धित रहेर बार्षिक प्रगती समीक्षा कार्यक्रम आजदेखि सुरु भएको हो ।
जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघिय सांसद रामनाथ अधिकारी, डिपि अर्याल, प्रदेश सांसद मायादेवी शर्मा लगायत धादिङ जिल्लाबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख तथा कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले योजना छनोट र बजेट बिनियोजनमा स्थानिय तहका प्रमुखहरु संग समन्वय नगर्दा समस्या हुने गरेको बताउनु भएको छ ।
यमनाथ दनै बाईट
त्यसैगरी संघीय सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिहरुले जनता प्रति उत्तदायी भएर कार्य सम्पादन गर्नु पर्ने बताउनु भयो । जनतामा गरेको कबोलहरु जनप्रतिनिधिहरुले पुरा गर्नु पर्ने भन्दै उहाँले बिभिन्न ऐन जारी नगर्नाले समस्या बढ्दै गएको बताउनु भएको छ ।
रामनाथ अधिकारी बाइट
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले बिना प्रतिशोध हस्तक्षेप नगरी समन्वयात्मक ढङ्गले कार्य सम्पादन गर्दै आएको बताउनु भएको छ ।
प्रदेश सभाले बनाएका कानुन र कार्यबिधिलाई टेकेर नै कार्यसम्पादन गर्दै आएको उहाँको भनाई । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश किताव खाना मेहनतका साथ ल्याएको भन्दै हाल सुचिकरणको कार्य भैरहेको बताउनुभयो । प्रदेश निजामती किताव खानामा दर्ता गराउन समेत आग्रह मुख्यमन्त्री जम्कट्टेलल गर्नुभयो । उहाँले अव टुक्रे योजना कार्यान्वयन नहुने भन्दै प्रादेशिक सडक गुरुयोजना पास भएकोले सोहि अनुसार कार्य सम्पादन हुने बताउनु भएको छ ।
मुख्यमन्त्री जम्कट्टेल बाईट
मुख्यमन्त्री जम्कट्टेलले कृषि क्षेत्रको अनुदान व्यक्तिमा नहुने भन्दै समुदायमा आधारित उत्पादन मोडेलमा लागु हुने बताउनुभयो । त्यसैगरी गृहणी महिला कार्यक्रमलाई बहुबर्षियको रुपमा लैजाने तयारी भैरहेको उहाँले बताउनु भयो । स्थानिय स्तरमा सालको काठ कुहिने र आफुलाई चाहिदा बाहिरबाट किन्नुपर्ने अवस्थाको अन्त्य हुने समेत मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेल बाईट……
जिल्ला समन्वय समिति धादिङको सभाहलमा आज देखि सुरु भएको बार्षिक प्रगती समीक्षा कार्यक्रम भोलिसम्म चल्ने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |