धादिङ,१६ असोज ।
धादिङबेशीमा भएको निबन्ध लेखन प्रतियोगितामा आदर्श मा.बिमा अध्ययनरत आहिल्या कुमारीे प्रथम भएकी छिन् ।
६८ औँ प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत अनुस्का अधिकारी द्धितिय र धादिङ आवासीय मा.विमा अध्ययनरत कृशला श्रेष्ठ तृतिय भएकी छिन् ।
निबन्ध लेखन प्रतियोगितामा धादिङ जिल्लाका विभिन्न स्थानहरुका १९ वटा बिद्यालयहरुको कक्षा ८ देखि १० सम्मका छात्रा÷छात्रहरुको सहभागितामा रहेको थियो ।
समुदायमा नेपाल प्रहरीको भुमिका विषयक शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा डा. नविनबन्धु पहाडी दाहाल, डा. मुरारी अधिकारी र प्र.अ.ठान प्रसाद वसौला निर्णायक रहनुभएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |