धादिङ । प्रेस सेन्टर धादिङले धादिङको नीलकण्ठ र ज्वालामुखीमा पालिका स्तरिय समिति गठन गरेको छ ।शनिबार नीलकण्ठमा रचना श्रेष्ठको अध्यक्षतामा ५ सदस्यि र ज्वालामुखीमा अमृत कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
ज्वालामुखीमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् अभियानका लागि कमाण्डर बनेर आएका नेता पूर्ण दुवाडीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ । ज्वालामुखीमा गठित प्रेस सेन्टरको सदस्यहरुमा अशोक श्रेष्ठ, राज्य सिंखडा, कौशल श्रेष्ठ, निशा श्रेष्ठ, बिबेक रम्तेल रहेका छन् । त्यसैगरी नीलकण्ठमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अप्सरा सिम्खडाको प्रमुख आतिथ्यतामा प्रेस सेन्टरको भेला सम्पन्न भएको हो ।
नीलकण्ठमा गठित प्रेस सेन्टरको सदस्यहरुमा छिरिङ तामाङ, अनु विश्वकर्मा, सेलिका तामाङ र उपशााना तामाङ छन् । प्रेस सेन्टर धादिङले आज त्रिपुरासुन्दरी गाउपालिका र १५ गते नेत्रावती डवजोङ गाउपालिकामा भेला गर्न लागिएको बताइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |